काठमाडौं । नेपाललाई नवौं सफलता प्राप्त भएको छ । ललित राजवंशीले एकपछि अर्को लगातार दुई विकेट लिएका छन् । ललित राजवंशीको बलमा जहूर खान आउट भए । यसअघिको उस्तै बल, उस्तै विकेट जस्तो देखियो ।
भर्खरै क्रिजमा आएका जहूर खान स्लिपमा आरिफबाटै क्याच आउट भएका छन् । यूएईले नवौं विकेट गुमायो । ललितले लगातार बलमा विकेट लिए । टिभी अम्पायरले लामो रिभ्यूपछि रातो बत्ती बाले ।
यसअघिपनि ललितको बलमा अर्धसतक नजिक रहेका यूएईका आसिफ खान आउट भएका थिए । ललितको अर्थोडक्स स्पिनमा आरिफले स्लिपमा क्याच लिए । आसिफ एकदिवशीय अन्तर्राष्ट्रिय अर्धशतकबाट ४ रनले चुकेका छन् । यूएई अलआउट नजिक पुगेको छ ।
सन्दीप लामिछानेले नेपालका लागि सातौ विकेट लिए । सन्दीप लामिछानेको बलमा यूएईका आयान खान आउट भए । सन्दीपले आफ्नो स्पेलको पहिलो विकेट लिएका छन् । फरवार्ड स्क्वायर लेग क्षेत्रमा कुशल मल्लले क्याचआउट गरे ।
नेपालको नवौं सफलता : यूएई अलआउट नजिक
नेपाललाई नवौं सफलता प्राप्त भएको छ । ललित राजवंशीले एकपछि अर्को लगातार दुई विकेट लिएका छन् ।

