अष्ट्रेलियाबाट घरभेट गर्न आएका युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु

अष्ट्रेलियामा अध्ययनरत कञ्चनपुरका एक युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

अष्ट्रेलियाबाट घरभेट गर्न आएका युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु
काठमाडौँ । अष्ट्रेलियामा अध्ययनरत कञ्चनपुरका एक युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। आइतबार राती कृष्णपुर नगरपालिका- ५ स्थित बनदेवी मन्दिर नजिकको जंगलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा तपेन्द्र बडुवालको मृत्यु भएको हो। बडुवालले चलाएको सुदुरपश्चिम प्रदेश ०२(००(४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको ट्यााक्टरको ट्रलीमा ठोक्किँदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडी सवार कृष्णपुर-५ की २० वर्षीया गरिमा महता घाइते भएकी छन्। उनको अवस्था सामान्य रहेको छ। उच्च शिक्षाको सिलसिलामा ५ वर्षअघि तपेन्द्र बडुवाल अस्ट्रेलिया गएका थिए। मिडिया क्षेत्रमा काम गर्ने राधीका बोहरालाई बिहे गरेर उतै लगेका कञ्चनपुरको बेदकोट नगरपालिका-१० का २८ वर्षीय बडुवाल घर परिवारसँग भेटघाटका लागि केही दिनअघि मात्रै घर फर्किएका थिए। अष्ट्रेलियामा रहेकी श्रीमतीलाई घरमा परिवारसँग भेटेर फर्किने बाचा गरेर नेपाल आएका थिए। तर तपेन्द्र अब श्रीमतीसँग गरेको बाचा पूरा नगर्ने गरि अस्ताएका छन्।