काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको युएईले छैटौँ विकेट गुमाएको छ । नेपालका लागि गुल्सन झाले छैटौँ विकेट लिएका हुन् । उनले युएईका बासिल हमिदलाई आउट गरे । हमिद २७ बल खेलेर १० रन मात्रै बनाएर आउट भए ।
यसअघि नेपालका लागि करण केसीले दुई र सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एकरएक विकेट लिएका छन् । घरेलु टोली नेपाल दर्शक र घरेलु मैदानको फाइदा उठाउँदै एसिया कप पुग्ने लक्ष्यमा छ। यूएई पनि नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्ने योजनामा छ।
शनिवार भएको खेलमा नेपाल कुवेतलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा पुगेको हो । आजको खेलको विजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् ।
युएईले गुमायो छैटौँ विकेट
एसीसी प्रिमियर कपको फाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको युएईले छैटौँ विकेट गुमाएको छ ।

