काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आफूसँग सल्लाह नै गरेर माइतीघर मण्डलामा धर्ना बसेको बताएका छन् ।
धर्ना बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै दाहालले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए । ‘भेटमा मैले बजेटमा तपाईँको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भने हिँड्ने समयमा उहाँले माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो,’ दाहालले सोमबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘बस्नोस् त भन्न मिल्दैन बस्नुभयो भने मलाई बजेट बनाउन सजिलै हुन्छ भने ।’
प्रधानमन्त्री दाहालले अगाडि भने, ‘यस कारण सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । मैले बुझ्दा त सल्लाहमा नै उहाँ बसेको भन्ने बुझेको छु ।’ पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्याउन अनुरोध गरेको पनि उनले बताए ।
महावीर पुन मसँग सल्लाह गरेर नै धर्ना बस्नु भएको हो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आफूसँग सल्लाह नै गरेर माइतीघर मण्डलामा धर्ना बसेको बताएका छन् ।

