आज रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ।

आज रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ। सरकारलाई दिएको समर्थन,समसामयिक राजनीति र संसदीय दलको नेता चयनका विषयमा बैठकमा छलफल हुने रास्वपाले जनाएको छ। पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार आज पार्टी कार्यालय वसुन्धरामा बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ। उनका अनुसार केन्द्रीय समितिको बैठकमा सरकारलाई दिएको समर्थनको विषयका साथै समसामयिक राजनीतिबारे छलफल हुनेछ भने संसदीय दलको बैठकमा दलको नेता चयनको विषयमा केन्द्रित हुनेछ।