काठमाडौं । एसीसी पुरुष प्रमियर कप क्रिकेटको फाइनलअन्तर्गत यूएईविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ। नेपालका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो विकेट लिने क्रममा करण केसीले यूएईका आर्यन लाक्रालाई आरिफ शेखबाट क्याचआउट गराए।
यूएईका ओपनर ब्याट्सम्यान लाक्रा २८ बलमा १३ रन बनाएर आठौं ओभरको पहिलो बलमा क्याचआउट भए। करणले यसअघि चौथो ओभरको पाँचौं बलमा करण केसीले अरविन्दलाई आसिफ शेखबाट क्याचआउट गराएका थिए।
नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका थिए। सोमपालले यूएईका कप्तान मुहम्मद वसीमलाई तेस्रो ओभरको पहिलो बलमा ललित राजवंशीबाट क्याचआउट गराएका थिए।
त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले यूएईविरुद्ध पहिले बलिङ गरिरहेको छ। एसीसी प्रमियर कपको उपाधि जित्ने टोली एसिया कपका लागि छनोट हुनेछ। एसिया कपमा भारत, पाकिस्तान जस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्न पाइनेछ। एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ।
नेपाललाई तेस्रो सफलता, करणले लिए दोस्रो विकेट
एसीसी पुरुष प्रमियर कप क्रिकेटको फाइनलअन्तर्गत यूएईविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ।

