काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र संयुक्त अरब इमिरेट्स (युएई) बीच एसिसी प्रिमियर कपको उपाधि भिडन्तमा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा हुँदै छ । त्रिवि मैदानबाट निस्कने विजेताले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाउनेछ ।
नेपाल र युएईमध्ये एक विजेताले एसिया कपको समूह ‘ए’मा भारत र पाकिस्तानसँगै प्रतिस्पर्धा गर्ने अवसर मिल्नेछ । प्रतियोगिताको सेमिफाइनलमा नेपालले कुवेतसँग ‘नो रिजल्ट’का आधारमा फाइनल स्थान पक्का गरेको थियो । युएईले डिएलएस नियमअनुसार ओमानमाथि दुई रनको जित निकाली नेपालसँगको उपाधि भिडन्त पक्का पारेको थियो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले एसिया कप खेल्ने अवसर खेर जान नदिने बताएका छन् । दुई महिनाअघि विश्वकप लिग–२ को लिगकै अन्तिम खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरेको थियो । त्यसवेला नेपालमाथि दबाब थियो । लिगको तेस्रो स्थानमा रही एकदिवसीय विश्वकपको ग्लोबल छनोट पुग्न नेपालले युएईलाई हराउनैपर्ने अवस्था थियो ।
तर, सोमबार नेपाल मात्र नभएर युएईलाई पनि उत्तिकै दबाब छ । विजेता सीधै एसिया कपमा छनोट हुने भएकाले नेपाल र युएईबीच दबाब समान रहेको हो ।
एसिसी प्रिमियर कप : नेपाल र युएई भिड्दै
नेपाल र युएईमध्ये एक विजेताले एसिया कपको समूह ‘ए’मा भारत र पाकिस्तानसँगै प्रतिस्पर्धा गर्ने अवसर मिल्नेछ । प्रतियोगिताको सेमिफाइनलमा नेपालले कुवेतसँग ‘नो रिजल्ट’का आधारमा फाइनल स्थान पक्का गरेको थियो ।

