काठमाडाैं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फिर्ता भएका छन्। लगभग साढे २ महिनाको उपचार सकेर उनी आइतबार साँझ नेपाल फर्किएका हुन्।
ग्यास विस्फोटबाट घाइते भएका भण्डारीको भारतको मुम्बईस्थित बर्न्स अस्पतालमा उपचाररत गरिएको थियो।
विमानस्थलमा भण्डारीले आफ्नो स्वागतका लागि उपस्थित भएकाहरूलाई धन्यवाद दिए।
उनले एक प्रेस नोट जारी गर्दै कुनैपनि नेपालीले आगलागीबाट मर्नु नपरोस् भन्ने पहिलो अभियान आफ्नो हुने बताएका छन्।
‘जुन दिन अब चाहिं बाँच्छु जस्तो लाग्यो, नेपालमा आगलागीबाट हुने घटनाहरु कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्छु, काम गर्छु भन्ने संकल्प गरें,’ उनले भनेका छन्, छत्यसैले, मेरो अभियान हुनेछ–कुनै नेपालीले आगोमा जल्नु नपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस्।’
जसका लागि आवश्यक नीतिगत सुधार तथा कानुनी व्यवस्थाका लागि लागिपर्ने उनले बताएका छन्।
चन्द्र भण्डारी स्वदेश फिर्ता, भन्छन्-आगोमा जलेर कुनै नेपालीले मर्नु नपरोस्
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फिर्ता भएका छन्। लगभग साढे २ महिनाको उपचार सकेर उनी आइतबार साँझ नेपाल फर्किएका हुन्। ग्यास विस्फोटबाट घाइते भएका भण्डारीको भारतको मुम्बईस्थित बर्न्स अस्पतालमा उपचाररत गरिएको थियो।

