ओभरफ्लो भएर बग्न थाल्यो पहिरोले थुनिएको अरुण नदी

अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि थुनिएको अरुण नदी बग्न थालेको छ ।

ओभरफ्लो भएर बग्न थाल्यो पहिरोले थुनिएको अरुण नदी
सखुवासभा । अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि थुनिएको अरुण नदी बग्न थालेको छ ।​ सखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवहरि कार्कीका अनुसार थुनिएको नदी आफ्नै बहाबमा फर्किँन थालेको छ । नदी थुनिँदा कुनै पनि क्षति नभएको र खुलेपछि पनि खतराको सम्भावना कम रहेको उनले बताए । थुनिएको नदी ओभरफ्लो भएर बग्न थालेकाले डराउनु पर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिए । सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि निर्माणाधीन नौ सय मेगावाट क्षमताको टनेल थुनिएको थियो । पहिरोले अरुण नदी थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको थियो ।