सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २००, तेजावी सुनको मूल्य १ लाख ८ हजार ७०० र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १००, तेजावी सुनको मूल्य १ लाख ८ हजार ६०० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको थियो ।