इनस्पेक्टरको कुटाइबाट हवलदार घाइते

नेपाल प्रहरीका एक इन्स्पेक्टर (प्रहरी निरीक्षक) ले हवल्दारमाथि कुटपिट गरेका छन्।

इनस्पेक्टरको कुटाइबाट हवलदार घाइते
डोल्पा । नेपाल प्रहरीका एक इन्स्पेक्टर (प्रहरी निरीक्षक) ले हवल्दारमाथि कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका इन्स्पेक्टर नवीन चापागाईंले हवल्दार हरि आरसीमाथि हातपात गरेका हुन्। चापागाईंको कुटपिटबाट हवल्दारको बायाँ आँखामा गम्भीर चोट लागेको छ। घटना शनिबार साँझको हो। प्रशासन स्रोतका अनुसार हवल्दार आरसीले मादक पदार्थ सेवन गरेका थिए। सोही विषयमा सम्झाउँदा दुई जनाबीच विवाद चर्किएर हात हालाहालको अवस्था बनेको थियो। आँखामा गम्भीर चोट लागेका उनलाई डोल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाउन लागिएको छ।