नेपाल बार एसोसिएसन आजदेखि आन्दोलनमा

लामो समयसम्म प्रधानन्यायाधीश र न्यायाधीश नियुक्त हुन नसक्दा न्यायसम्पादनमा असर पुगेको भन्दै बारले चाँडो नियुक्तिको दबाब दिँदै आजबाट आन्दोलन गर्ने भएको हो। आन्दोलन दिउँसो १ बजे बारको आँगनमा सुरु हुनेछ।

नेपाल बार एसोसिएसन आजदेखि आन्दोलनमा
काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति चाँडै नभएको भन्दै आइतबार (आज) देखि आन्दोलन गर्ने भएको छ। लामो समयसम्म प्रधानन्यायाधीश र न्यायाधीश नियुक्त हुन नसक्दा न्यायसम्पादनमा असर पुगेको भन्दै बारले चाँडो नियुक्तिको दबाब दिँदै आजबाट आन्दोलन गर्ने भएको हो। आन्दोलन दिउँसो १ बजे बारको आँगनमा सुरु हुनेछ। चाँडै नियुक्ति नभए आन्दोलन गर्ने चेतावनी दिँदै आएको बारले आफूहरूको माग सम्बोधन नभइदिँदा समस्या भएको भन्दै आन्दोलन गर्ने तयारी गरेको नेपाल बार एसोसिएसनका महासचिव, अधिवक्ता अन्जिता खनालले एक विज्ञेप्तिमार्फत जनाएकी छन् । आठ नारा समेटिएको उक्त दबाबमूलक अभियान एक हप्तासम्म चल्ने समेत विज्ञप्तिमा उल्लेख छ। प्रतिनिधिसभामा निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरमाथि महाभियोग प्रस्ताव दर्ता भएपछि गत वर्षको १ फागुनदेखि नै न्यायालय कायममुकायम प्रधानन्यायाधीशको भरमा छ।