बालुवाटारमा प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता, के-के भयाे कुराकानी ?

‘रवि लामिछाने चितवन २ बाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई, शुभकामना दिनुभयो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘उहाँहरूबीच एजेन्डागत छलफल त थिएन तर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भयो।’

बालुवाटारमा प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता, के-के भयाे कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान भएको भेटवार्तामा द्विपक्षीय छलफल भएको बताइएको छ। ‘रवि लामिछाने चितवन २ बाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई, शुभकामना दिनुभयो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘उहाँहरूबीच एजेन्डागत छलफल त थिएन तर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भयो।’ सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले सभापति लामिछानेलाई मिलेर चुनौतीको सामना गर्न र अहिलेको संकटबाट मुलुकलाई पार लगाउन आग्रह गरेका थिए। त्यसमा लामिछाने सकारात्मक रहेको सचिवालयको भनाइ छ। यता रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्नेबारे छलफल गर्न सोमबार ११ बजे पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ।