काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमाले आवद्ध राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ।
शनिबार अपरान्ह काठमाडौंको नयाँ बानेश्वरमा सरकारविरुद्ध उत्रिएका युवा संघ, नेपालका नेता, कार्यकर्ताहरुले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दवाव दिँदै प्रधानमन्त्री प्रचण्डको पुप्ला दहन गरेका हुन्।
त्यसक्रममा उनीहरुले लडाकुको नाममा अर्बौ घोटला गर्न खोजेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए।
अयोग्य लडाकुहरूको नाममा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नेगरी ल्याइएको सो कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलनको आँधिबेहरी सृजना गरी सरकारलाई घुडा टेकाउन बाध्य हुने युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिए ।
प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन