काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनल कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालका उत्कृष्ट सुरुआतका बाबजुद नेपालले लगातार तीन विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालबाट ओपनिङमा उत्कृष्ट भए पनि ११औं, १२औं र १३औं ओभरमा लगातार एकरएक विकेट गुमाएको हो ।
नेपालले पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ७७ रनको साझेदारी गरेको थियो । ओपनङमा ७७ रनको साझेदारी गरेको नेपालले ८० रनमा तीन विकेट गुमाएको थियो ।
नेपालले ११औं ओभरको पाचौं बलमा नेपालले ओपनर कुशल मल्ललाई गुमाएको थियो । कुशलले ४३ रन बनाए । १२औं ओभरको तेस्रो बलमा नेपालले तेस्रो क्रमका ब्याटर भीम सार्कीलाई गुमाएको थियो । भीमले एक रनमात्र जोडे ।
यस्तै, १३औं ओभरको दोस्रो बलमा नेपालले अर्का ओपनर आसिफ शेखलाई गुमाएको थियो । आसिफले ३१ रन जोडे । नेपालले अहिले १५ ओभरको समाप्तिमा तीन विकेट गुमाएर ९४ रन बनाएको छ ।
उत्कृष्ट सुरुआत गरेको नेपालले लगातार तीन विकेट गुमायो
एसीसी प्रिमियर कपको सेमिफाइनल कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालका उत्कृष्ट सुरुआतका बाबजुद नेपालले लगातार तीन विकेट गुमाएको छ ।

