रूकुमतर्फ जाँदै गरेको बस त्रिशूलीमा खस्यो

साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

रूकुमतर्फ जाँदै गरेको बस त्रिशूलीमा खस्यो
काठमाडौं । काठमाडौंबाट रूकुमतर्फ जाँदै गरेको बस त्रिशूलीमा खसेको छ। बा ४ ख ५७९० नं को बस सडकबाट बस सडकबाट २ सय मिटर तल खसेको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले जानकारी दिए । उनका अनुसार गाडीमा सवार २० जना घाइते भएका र घाइते मध्ये एकजना गम्भीर घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी काठमाडौं पठाइएको छ । साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ। डिएसपी श्याम बहादुर खत्रीका अनुसार गाडी पानीमा नडुबेकोले घाइतेहरुको सहज उद्धार गरिएको हो ।