सांसद चन्द्र भण्डारी आइतबार नेपाल आउँदै

भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद डा.चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने भएका छन् ।

सांसद चन्द्र भण्डारी आइतबार नेपाल आउँदै
काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद डा.चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने भएका छन् । कांग्रेस नेता एवं अध्यापक माधव न्यौपानेले भण्डारी आइतबार साँझ ५ बजे काठमाडौं आइपुग्ने बताए । भण्डारीको दिउँसो २ः५५ बजेको नेपाल एयरलाइन्सको टिकट रहेको छ । उनले नेपाल आएर घरमै आराम गर्ने र कीर्तिपुरस्थित बर्न अस्पतालमा फलोअप गर्ने गरी डा.भण्डारी नेपाल आउन लागेको बताए । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि भण्डारी आइतबार आइपुग्ने सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । डा .भण्डारी मुम्बईको नेशनल बर्नस् सेन्टरमा गत फागुन ४ गतेदेखि उपचाररत छन् । उनको स्वास्थ्यमा दिनानुदिन सुधार भइरहेको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् । नेपाल फर्केसँगै डा .भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन् ।