कर्णालीका मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक विश्वासको मत

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्।

कर्णालीका मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक विश्वासको मत
काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्। कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनको चौधौँ बैठकमा सभामुख नन्दा गुरुङ्ले मुख्यमन्त्री शर्मालाई समय दिएसँगै उनले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वास आफूलाई विश्वास प्राप्त छ भनी सभामा प्रस्ताव पेश गरेका थिए। जसअनुरुप उनले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरी मुख्यमन्त्री बन्न सफल भएका हुन्। प्रदेश सभाका ३९ सदस्यमध्ये २९ जनाले उनलाई विश्वासका मत दिएका थिए। मुख्यमन्त्री शर्माले योसहित तेस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन्। नेकपा (माओवादी केन्द्र) का १३, नेपाली कांग्रेसका १४, नेकपा (एकीकृत समाजवादी) पार्टीका एक र एक स्वतन्त्र सदस्य गरी २९ जनाले मुख्यमन्त्री शर्माको पक्षमा विश्वासको मत दिएका थिए।