विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्न रास्वपा सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले वैदेशिक हस्तक्षेप रोक्न जरुरी रहेको बताएकी छन्।

विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्न रास्वपा सांसदको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले वैदेशिक हस्तक्षेप रोक्न जरुरी रहेको बताएकी छन्। शुक्रबार संसद बैठकमा बोल्दै उनले वैदेशिक हस्तक्षेप रोक्न परराष्ट्र नीति व्यक्ति र पार्टीभन्दा माथि हुनुपर्ने बताइन्। श्रेष्ठले भनिन्, ‘सरकारमा बस्ने र शीर्ष नेताले परराष्ट्र नीति संस्थागत गर्न पहल गर्न आवश्यक छ। परराष्ट्र नीति व्यक्ति र पार्टीभन्दा माथि हुनुपर्छ।’ नेपालको परराष्ट्र मामीलामा एकरुपता ल्याउन विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्ने उनको भनाइ छ।