काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले अयोग्य लडाकुलाई रकम दिने मन्त्रिपरिषद्को निर्णयबारे आफू अनभिज्ञ रहेको बताएका छन् । शुक्रबार एमालेको राष्ट्रिय युवासंघले अयोग्य लडाकुलाई राहत रकम दिने सरकारी निर्णय कार्यवान्वयन नगर्न माग गर्दै दिएको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
उनले रकम बाँड्ने कार्यविधि मन्त्रिपरिषद्ले पास गरेर अगाडि बढाउनेबारे आफूलाई जानकारी नभएको बताए । उनले आफू अर्थमन्त्री भएर आएपछि अर्थ मन्त्रालय र मन्त्रिपरिषद्ले अयोग्य लडाकुलाई रकम दिने निर्णय नगरेको स्पष्ट पारे । उनले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय अर्थमन्त्रीले गरेको भन्ने समाचार बाहिर आएको भए पनि आफू अर्थमन्त्री भएपछि यस्तो खालको निर्णय अर्थ मन्त्रालयमा नभएको बताए ।
अयोग्य लडाकुलाई रकम दिने निर्णय मलाई जानकारी छैन : अर्थमन्त्री महत
अर्थमन्त्री प्रकाशशरण महतले अयोग्य लडाकुलाई रकम दिने मन्त्रिपरिषद्को निर्णयबारे आफू अनभिज्ञ रहेको बताएका छन् ।

