सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्छौं : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्छौं : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताएका छन् । सभापति लामिछानेले शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै वर्तमान सरकारलाई रास्वपाले दिएको समर्थन फिर्ता लिन सक्ने बताए । उनले आफूहरुलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरुले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरुको आपत्ति रहेको जानकारी दिए । उनले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भीर समिक्षा गरेर मात्रै अगाडि बढ्ने स्पष्ट पारेका छन् ।