काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालय राजनीति गर्ने नभइ पढ्ने ठाउँ भएको भन्दै दल र संगठनको आडमा गरिएको विद्यालयको तालाबन्दी फोडेको बताएका छन् ।
सामाजिक संजालमा लेख्दै उनले काठमाडौं महानगरपालिकाको विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिए पनि विरोधमा एक संगठनले गरेको तालाबन्दी फोडेर विफल पारेको बताएका हुन् ।
‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं। त्यसमाथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो’ बालेनले लेखेका छन्, ‘यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फोडेर विफल पारेको छौ ।’
महानगरपालिकाको यो सूचनापछि नेपाली कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी)ले महानगरको शिक्षा विभागमा तालाबन्दी गरेको थियो ।
विद्यालय पढ्ने ठाउँ हो, राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं : मेयर बालेन शाह
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालय राजनीति गर्ने नभइ पढ्ने ठाउँ भएको भन्दै दल र संगठनको आडमा गरिएको विद्यालयको तालाबन्दी फोडेको बताएका छन् ।

