लुम्बिनीको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् ।

लुम्बिनीको मुख्यमन्त्रीमा  डिल्लीबहादुर चौधरी नियुक्त
काठमाडाैँ  । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । चौधरीले आज बिहीवार नै प्रदेश प्रमुखसमक्ष बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। चौधरीलाई कांग्रेस, माओवादी केन्द्रसहित आठ दलका ५३ जना सांसदको समर्थन छ । प्रदेश प्रमुखले हिजो मङ्गलवार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए । गएको पुस २७ गते मुख्यमन्त्री बनेका एमालेका लीला गिरीले विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गिरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।