काठमाडौँ । नेपाली क्रिकेट टोलीको स्पिनर सन्दीप लामिछानेले आफ्नोभन्दा अगाडि नेपालको नाम आउने बताएका छन्। नेपाल र कतारबीचको खेलबीचको खेलमा जित निकालेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू मरेर जाँदापनि नेपालको नाम जहिल्यै आइरहने बताए।ओडिआईमा सबैभन्दा छिटो १ सय विकेट पु¥याउने खेलाडीको विश्व रेकर्ड बनाएपछिको अनुभव सुनाउँदै उनले आफू खुशी भएको बताए।
साथै, उनले आफ्नो रेकर्ड तोड्ने पनि नेपाली खेलाडी नै भएको हुन चाहेको बताए। ‘एकदम राम्रो एचिभमेन्ट हो। मेरो रेकर्ड ब्रेक गर्ने पनि नेपाली खेलाडी नै होस्’, लामिछानेले भने। लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गराएका थिए।
मैले बनाएको रेकर्ड पनि नेपाली खेलाडीबाटै तोडियोस् : सन्दीप लामिछाने
नेपाली क्रिकेट टोलीको स्पिनर सन्दीप लामिछानेले आफ्नोभन्दा अगाडि नेपालको नाम आउने बताएका छन्।

