काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा भएको आक्रमणबारे एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेको छ । बिहीबार एमाले नेताहरू सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर श्रेष्ठसँग छलफल गरेका हुन् ।
एमाले नेता डा. राजन भट्टराईले गृहमन्त्रीलाई भेटेर ओलीमाथि भएको आक्रमणका दोषीमाथि कारबाही गर्न माग गरिएको बताए । उनले कपनमा भएको हत्या प्रकरणबारे पनि गृहमन्त्रीसँग कुरा गरेको बताए ।
ओलीमाथि भएको आक्रमणबारे गृहमन्त्रीसँग एमाले नेताहरूको छलफल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा भएको आक्रमणबारे एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेको छ ।

