एसीसी प्रिमियर कप : ललितले दिलाए नेपाललाई सातौँ सफलता

कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले सातौँ विकेट गुमाएको छ ।

एसीसी प्रिमियर कप : ललितले दिलाए नेपाललाई सातौँ सफलता
काठमाडौँ । कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले सातौँ विकेट गुमाएको छ । ललित राजवंशीले नेपाललाई सातौँ सफलता दिलाएका हुन् । ललितले १४ रन बनाएका अमिर फारुकलाई आफ्नो शिकार बनाए । खेलमा उनको यो दोस्रो विकेट हो । यसअघि उनले ओपनर कमरान खानलाई आउट गरेका थिए । नेपालका लागि सोमपाल कामीले तीन विकेट तथा सन्दीप लामिछानेले दुई विकेट लिँदै कतारमाथि दबाब कायम राखेका छन् । कतारले २०.५ ओभरमा ७ विकेटको क्षतिमा ७७ रन बनाएको छ । नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।