कतारविरुद्ध नेपालको उत्कृष्ट शुरुवात, १० ओभरमै लियो ४ विकेट

एसीसी प्रिमियर कपमा कमजोर लक्ष्य दिए पनि नेपालले बलिङमा उत्कृष्ट शुरूवात गरेको छ ।

कतारविरुद्ध नेपालको उत्कृष्ट शुरुवात, १० ओभरमै लियो ४ विकेट
काठमाडौँ । एसीसी प्रिमियर कपमा कमजोर लक्ष्य दिए पनि नेपालले बलिङमा उत्कृष्ट शुरूवात गरेको छ । २.२ ओभरमा पहिलो विकेट लिएको नेपालले १० ओभरसम्म आइपुग्दा ४ विकेट लिइसकेको छ । सन्दीप लामिछानेले ८.३ ओभरमा कतारको तेस्रो विकेट लिएलगत्तै सोमपाल कामीले ९ं४ ओभरमा मोहम्मद तनवीरलाई शून्य रनमा आउट गरेका हुन् । उनले दोस्रो विकेट पनि लिएका थिए । कतारले १० ओभरमा ३२ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ ।