बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेश गरेका छन्। नेता चौधरीले संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख अमिक शेरचन समक्ष ८ दल र एकजना स्वतन्त्र सांसदसमेत गरी ५३ जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन्।
नेता चौधरीलाई नेपाली कांग्रसेका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एकरएकजना र एकजना स्वतन्त्र सांसदसमेत गरी ५३ सांसदको समर्थन छ। प्रदेश प्रमुख शेरचनले चौधरीलाई आजै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्।
लुम्बिनीमा मुख्यमन्त्रीका लागि कांग्रेसका डिल्ली चौधरीले गरे दाबी पेश
लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेश गरेका छन्।

