गुल्मीबाट बागलुङ जाँदै गरेकाे पिकअप दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

बडिगाड गाउँपालिका वडा नं ७ भिमगिठे देखि दुनाम पाटाखर्क जाँदै गरेको लु २ च ९९११ नं को जीप बुधबार बेलुका करिब १० बजे दुर्घटना भएको हो ।

गुल्मीबाट बागलुङ जाँदै गरेकाे पिकअप दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु
बागलुङ । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको मालिका गाउँपालिका २ दर्लिङ्गबाट बाग्लुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को पिकअप जिप दर्लिङ्गको दुनाममा दुर्घटना भएको हो । दुर्घटनामा परि सहचालक बाग्लुङको बडिगाड गाउँपालिका ९ बल्गास बस्ने १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । त्यस्तै सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते भएका छन् । केसीको अवस्था मध्यम रहेको र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । गएराती ११ः४० बजेको समयमा जिपको एक्कासि ब्रेक फेल भएर सडक भन्दा करिब १५० मिटर तल खसेको स्थानीयले बताए ।