चन्द्रमामा पठाइएको जापानी ल्यान्डर सम्पर्कविहीन

जापानी कम्पनीले चन्द्रमाको सतहमा अवतरण गरेको ल्यान्डर (चन्द्रमामा जाने स्पेसक्राफ्ट वा रोबोट) सम्पर्कविहीन भएको छ ।

चन्द्रमामा पठाइएको जापानी ल्यान्डर सम्पर्कविहीन
काठमाडौं । जापानी कम्पनीले चन्द्रमाको सतहमा अवतरण गरेको ल्यान्डर (चन्द्रमामा जाने स्पेसक्राफ्ट वा रोबोट) सम्पर्कविहीन भएको छ । हाकुतो-आरु नाम दिइएको उक्त ल्यान्डर मंगलबार राति नेपाली समय अनुसार साढे १० बजेदेखि सम्पर्कविहीन भएको हो । यस विषयमा अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ । टोकियोस्थित आईस्पेसु नामक कम्पनीले गत डिसेम्बरमा स्पेसएक्स रकेटद्वारा प्रक्षेपण गरेको उक्त यानलाई गन्तव्यमा पुग्न पाँच महिना लागेको थियो । सो ल्यान्डर चन्द्रमाको सतहबाट २९५ फिट आएपछि तल छोएको देखिएको कम्पनीले जनाएको छ । यो ल्यान्डर २ मिटर अग्लो र ३४० किलोग्राम तौलको थियो, जुन चन्द्रमाको अन्तरिक्ष यान मापदण्ड अनुसार तुलनात्मक रूपमा सानो र कम्प्याक्ट थियो । चन्द्रमाको उत्तरी गोलार्द्धमा अवतरण साइटमा पुगेपछि चन्द्रमाको माटो, यसको भू-विज्ञान र वायुमण्डलको विश्लेषण गर्न हाकुतो-आरु त्यहाँ प्रक्षेपण गरिएको थियो । हाल अमेरिका, रुस र चीन मात्र चन्द्रमाको सतहमा रोबोट राख्न सफल भएका छन् । यसमा जापानले चालेको यो कदमलाई ऐतिहासिक मानिएको छ । यद्यपि कम्पनीले भने उक्त ल्यान्डरले चन्द्रमाको सतह नै नछोएको अनुमान गरेको छ ।