नेप्सेमा दोहोरो अंकको गिरावट

साताको चौथो दिन आज (बुधवार) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं। साताको चौथो दिन आज (बुधवार) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से आज १३.६८ अंकले गिरावट आउँदै १८९२ बिन्दुमा झरेको छ । बजार घटेको दिन आज कारोबार पनि घटेको छ । २५ लाख ७१ हजार कित्ता सेयर आज कुल ८४ करोड ७० लाख २८ हजार बराबरमा कारोबार भएको छ । १७२ कम्पनिको मूल्य घटेको दिन आज ४० कम्पनिको मूल्यमा भने सुधार आउँदै उल्लेख्य मात्रामा बढेको छ ।