भीम रावलको जवाफ : 'मलाई बूढो भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी कसरी तन्नेरी ?'

डडेलधुरामा नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई एमालेले समर्थन गर्ने घोषणा गर्दैगर्दा दर्शकदीर्घाबाट 'भीम रावल, भीम रावल' नारा लागेपछि अध्यक्ष ओली आक्रोशित बनेका थिए ।

भीम रावलको जवाफ : 'मलाई बूढो भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी कसरी तन्नेरी ?'
काठमाडौं । एमाले नेता भीम रावलले कञ्चनपुरको चुनावी सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलक्षित गरेको टिप्पणीप्रति आपत्ति जनाएको छन् । कञ्चनपुरको चुनावी सभामा अध्यक्ष ओलीले उत्तेजित भाषण गरेको जनाउँदै ओलीलाई भनेका छन्, 'म ६७ वर्ष लागेकालाई बूढो भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी सांसद र फेरि प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ?' डडेलधुरामा नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई एमालेले समर्थन गर्ने घोषणा गर्दैगर्दा दर्शकदीर्घाबाट 'भीम रावल, भीम रावल' नारा लागेपछि अध्यक्ष ओली आक्रोशित बनेका थिए । अध्यक्ष ओलीले भीडलाई जवाफ दिँदै भने, 'भीम रावलको तपाईलाई किन चिन्ता, ४८ सालदेखि एक छिन मुख खाली छैन, बूढो भइसक्नु भयो, बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनु पर्दैन, एउटै भीम रावल, भीम रावल, केको खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरु हुनुहुन्छ नि त सुदूरपश्चिममा थुप्रो रावलहरुलाई अगाडि बढाइन्छ ।' सुदूरपश्चिममा भीम रावलले मात्रै अवसर पाउनुपर्ने कारण नरहेको भन्ने ओलीलाई उनले भने 'केपी ओलीले मात्रै अवसर पाउनुपर्ने कारण नरहेको' भन्दै जवाफ दिएका छन्।

कञ्चनपुरकाे चुनावी सभामा अध्यक्ष केपीकाे मन्तव्य र त्यसप्रति मेराे टिप्पणिhttps://t.co/Ji2sZ5KmIG pic.twitter.com/EafzkJGTuV

— Bhim Rawal, PhD (@BhimRawal179) November 4, 2022