काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) ‘कोमा’मा गएका छन्।
राति सुतेका बेला शंकास्पद रूपमा चितवनस्थित तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि यही वैशाख ५ गते ललितपुरस्थित मेडिसिटी ल्याइएको थियो। त्यस बेलादेखि नै बेहोस उनी अहिले कोमामा रहेको अस्पताल स्रोतले बुधबार जानकारी दिएको छ।
उनको अवस्थामा कुनै सुधार देखिएको छैन। भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। तर चितवनबाट ल्याउँदै अचेत र अवस्था गम्भीर थियो अस्पताल स्रोतले भन्यो, उनको उपचार जारी रहे पनि सुधार हुन सकेको छैन। उनी कोमामा गएकाले अहिले केही भन्न सकिने अवस्था छैन।
चुनावी अभियानका क्रममा यही वैशाख ४ गते भरतपुर महानगरपालिका–११ स्थित तीनतले घरमा सुतेका उनी बिहान छतबाट खसेर गम्भीर घाइते भएका थिए।
सांसद रवि लामिछानेका गाडी चालक ‘कोमा’मा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) ‘कोमा’मा गएका छन्।

