सुनुवाइ समितिमा रहने राष्ट्रिय सभाका तीन जना सदस्यको नाम तय

संसदीय सुनुवाइ समितिमा रहने राष्ट्रिय सभाका ३ जना सदस्यको नाम टुंगो लागेको छ। राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेको नामलाई सभाले अनुमोदन गरेको हो।

सुनुवाइ समितिमा रहने राष्ट्रिय सभाका तीन जना सदस्यको नाम तय
काठमाडौं । संसदीय सुनुवाइ समितिमा रहने राष्ट्रिय सभाका ३ जना सदस्यको नाम टुंगो लागेको छ। राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेको नामलाई सभाले अनुमोदन गरेको हो। संघीय संसदका दुवै सदनको संयुक्त समितिको रुपमा रहने १५ सदस्यीय संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाबाट ३ जना रहन्छन्। जसअनुसार, माओवादी केन्द्रका जगप्रसाद शर्मा, एमालेका देवेन्द्र दाहाल र कांग्रेसका रमेशजंग रायमाझी सुनुवाइ समितिमा रहने भएका हुन्। बाँकी १० जना प्रतिनिधि सभाबाट प्रतिनिधित्व गर्छन्। सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले पाउने दलहरुबीच सहमति भइसकेको छ। संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुने व्यक्तिको नियुक्तिअघि संसदीय सुनुवाइ समितिमा सुनुवाइ गर्ने व्यवस्था छ।