राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ ।उनी सामान्य हिँडडुल गर्न थालेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति  पौडेलको स्वास्थ्यमा सुधार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ ।उनी सामान्य हिँडडुल गर्न थालेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता बढाउने एन्टिबायोटिक प्रयोग गरिएको छ । राष्ट्रपति पौडेलको उपचारसँग सम्बन्धित थप परीक्षण भैरहेको छ । भारतको दिल्लीमा रहेको एम्स अस्पतालमा गएको बुधबारदेखि उनको उपचार भैरहेको छ । छाती र पेटमा समस्या देखिएपछि उनलाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि गएको चैत १८ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । चैत २२ गते डिस्चार्ज भएका राष्ट्रपति पौडेललाई सोमबार पुनः शिक्षण अस्पताल लगिएको थियो । त्यसपछि भारत लगिएको हो ।