दार्चुला । दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । ब्यास गाउँपालिका-६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।
गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई मङ्गलबार जन्म दिएपनि एउटा बच्चा जन्माउन नसक्दा थप उपचारका लागि बुधबार बिहान हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।
दार्चुलामा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार
दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ ।

