एमालेले बोलायो झापामा केन्द्रीय कमिटीको बैठक

एमालेले झापामा पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

एमालेले  बोलायो झापामा केन्द्रीय कमिटीको बैठक
काठमाडौँ । एमालेले झापामा पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी २८ देखि ३० वैशाखसम्म झापामा केन्द्रीय कमिटीको बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । ४ मंसिरको आमनिर्वाचनको तयारीको सिलसिलामा पछिल्लोपटक ११ भदौमा एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो । तर, चुनावपछि केन्द्रीय सचिवालय र स्थायी समिति बैठकमा निर्वाचनको एकसरो समीक्षा गरेर एमालेले पार्टी संगठनलाई व्यवस्थित र पुनर्जागृत गर्न फागुन पहिलो साताबाट ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको थियो । अभियानमा तीन सय ६० जना केन्द्रीय सदस्यलाई फरक जिल्लामा खटाइएको थियो ।