फुटपाथमा बनेको प्रहरी बिटमा चल्यो महानगरको डोजर

काठमाडौं महानगरपालिकाले बागबजारस्थित पुरानो बसपार्कको फुटपाथमा रहेको ट्राफिक प्रहरी बिटमा डोजर चलाएको छ।

फुटपाथमा बनेको प्रहरी बिटमा चल्यो महानगरको डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले बागबजारस्थित पुरानो बसपार्कको फुटपाथमा रहेको ट्राफिक प्रहरी बिटमा डोजर चलाएको छ। महानगरले यसअघि नै फुटपाथ ओगटेर बनाइएको प्रहरी बिट हटाउन निर्देशन दिएको थियो। सोहीअनुसार नै उक्त बिट हटाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्। ‘अनधिकृत रूपमा बनाइएका त्यस्ता बिटहरू भत्काउँदै जानेछौँ,’ प्रवक्ता मानन्धरले भने। उनका अनुसार उक्त ठाउँमा रहेको बिटलाई २८ वडा कार्यालयसँगैको भवनमा राख्ने व्यवस्था गरिनेछ।