सरकारलाई दिइएको समर्थन कायम राख्नुपर्ने कारण देखिएको छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन -२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नदेखेको बताएका छन् ।

सरकारलाई दिइएको समर्थन कायम राख्नुपर्ने कारण देखिएको छैन : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन -२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नदेखेको बताएका छन् । जित सुनिश्चित भएपछि चितवनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै लामिछानेले यस्तो बताएका हुन् । ‘हामी सरकारमा जे कारणले सामेल भएका थियौँ र समर्थन दिएका थियौँ, त्यो एजेन्डा नै सरकारले आफ्नो कार्यक्रमबाट हटाएपछि सरकारको समर्थन कायम राख्नुपर्ने औचित्य देखिएको छैन,’ उनले भने, ‘हामीले कुनै पनि कालखण्डका भ्रष्टाचारको छानविन गर्ने भनेका थियौँ । तर, त्यो कार्यक्रम अहिले हटेको छ ।’ पार्टीमा र सरकारसँग छलफल गरेर सरकारको समर्थनबारे निर्णय लिने पनि उनले बताए । उनले आफूलाई मतदाताले दिएको जिम्मेवारीमा खरो उत्रने प्रतिबद्धता पनि जनाएका छन् ।