एजेन्सी । पाकिस्तानको स्वात जिल्लाको कबाल सहरमा रहेको काउन्टर टेररिज्म डिपार्टमेन्टको प्रहरी चौकीमा सोमबार राति आत्मघाती हमला भयोएको छ । प्रहरी चौकीमा दुई वटा विस्फोट हुँदा आगलागी भएको थियो । यस आक्रमणमा १२ प्रहरीको मृत्यु भएको छ । जबकि ४० जना घाइते छन् ।
घाइतेलाई उचित उपचार उपलब्ध गराउन नजिकका सबै अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । आक्रमणपछि खैबर पख्तुनख्वामा उच्च सतर्कता अपनाइएको छ । विस्फोटबाट प्रहरी चौकीको छत भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा दबिएको घटनास्थलमा उपस्थित मानिसहरूले बताएका छन् ।
जिल्ला प्रहरी अधिकारी स्वात शफिउल्लाहले यसलाई आतङ्कवादी हमला भनेका छन् । विस्फोटका कारण तीन वटा भवन भत्किएको उनले बताए । विस्फोट लगत्तै प्रहरी चौकीमा आगलागी भयो । जसमा प्रहरीको जलेर मृत्यु भएको छ । पाकिस्तानी सेनाले केही दिनदेखि उक्त क्षेत्रमा आतङ्कवादी विरुद्ध कारबाही गरिरहेको छ ।
यद्यपि अर्का अधिकारी डिआइजी खालिद सोहेलले प्रहरी चौकीमा आत्मघाती हमला नभएको बताए । उनका अनुसार विस्फोट स्टेसनको स्टोर रुममा राखिएको हतियार र बारुदयुक्त स्थानमा भयो । यस्तो कसैको लापरवाहीका कारण भएको हुनसक्ने उनलाई शङ्का छ ।
पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, १२ प्रहरीको मृत्यु
पाकिस्तानको स्वात जिल्लाको कबाल सहरमा रहेको काउन्टर टेररिज्म डिपार्टमेन्टको प्रहरी चौकीमा सोमबार राति आत्मघाती हमला भयोएको छ ।

