आकाशमा आधा घण्टा घुमेको फ्लाइ दुबईको जहाजमा के थियो समस्या ?

आकाशमा आगोको मुस्लोसहित जहाज देखिएको बारे ती अधिकारीले भने ‘एयर फ्लोको मिसम्याचले इन्जिनमा आगोको झिल्को देखिएको हो। तर त्यो आफैं समस्या समाधान भएर गयो।’

आकाशमा आधा घण्टा घुमेको फ्लाइ दुबईको जहाजमा के थियो समस्या ?
काठमाडौं । आधा घण्टासम्म ठूलो आवाज आएर काठमाडौंको आकाशमा घुमेको फ्लाइ दुबईको जहाजको इन्जिनमा एयर फ्लो (कम्प्रेसर स्टल) का कारण ठूलो आवाज आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पाइलटले एटीसीसँग कम्प्रेसर स्टल भएको र समस्या समाधान भएको जानकारी गराएको थियो। ‘यस्तै घटना पहिला गल्फ एयरमा पनि आएको थियो। पाइलटकै नियन्त्रणमा रिकभरी हुने समस्या हो। जहाजको इन्जिनमा एयर फ्लो राम्रोसँग नहुँदा यस्तो समस्या आउने हो। यसलाई इन्जिन सर्ज पनि भनिन्छ,’ नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने। ती अधिकारीका अनुसार इन्जिन फेल भएको भने होइन। ‘जहाज उड्नेवित्तिकै समस्या आएपछि काठमाडौंको आकाशमा एक फन्को लगाएर धार्के पुग्यो। त्यसपछि पाइलटले जहाज होल्ड गरे,’ ती अधिकारीले भने, ‘त्यसपछि पाइलटले समस्या समाधान भएको जानकारी दिएर चेकलिष्ट अनुसार आफ्नो गन्तव्य तर्फ गएको हो।’ आकाशमा आगोको मुस्लोसहित जहाज देखिएको बारे ती अधिकारीले भने ‘एयर फ्लोको मिसम्याचले इन्जिनमा आगोको झिल्को देखिएको हो। तर त्यो आफैं समस्या समाधान भएर गयो।’ यता प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जहाजमा समस्या देखिएपनि पाइलटले नै समाधान गरेर गन्तव्य तर्फ गएको बताए।