बडिगाडका सबै वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै प्रभु बैंक

बैंकका शाखा प्रमुख शिव केसीका अनुसार बैशाख १० गते वडा नम्बर १, ११ गते वडा नम्बर २, १२ गते वडा नम्बर ३, १३ गते वडा नम्बर ४, १४ गते वडा नम्बर १०, १५ गते वडा नम्बर ५ र १६ गते ६,७, ८ र ९ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ ।

बडिगाडका सबै वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै प्रभु बैंक
बडिगाड । बागलुङको बडिगाड गाउँपालिकाको समन्वयमा प्रभु बैंक बडिगाड शाखाले पालिकाका १० वटै वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्य जारी राखेको छ । शाखाले आर्थिक वर्ष २०७९/ २०८० को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण बैशाख १० गतेदेखि जारी राखेको हो । बैंकका शाखा प्रमुख शिव केसीका अनुसार बैशाख १० गते वडा नम्बर १, ११ गते वडा नम्बर २, १२ गते वडा नम्बर ३, १३ गते वडा नम्बर ४, १४ गते वडा नम्बर १०, १५ गते वडा नम्बर ५ र १६ गते ६,७, ८ र ९ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । बिहान ९ बजेदेखि वितरण गरिने सामाजिक सुरक्षा भत्ताको रकम लिन आउँदा परिचयपत्रको सक्कल र प्रतिलिपि बोक्नुपर्ने बैंकले जनाएको छ ।