संसदीय समितिमा भागबन्डा, तीन वटामा एमालेकाे नेतृत्व

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच उक्त सहमति भएको हो ।

संसदीय समितिमा भागबन्डा, तीन वटामा एमालेकाे नेतृत्व
काठमाडौं । संघीय संसदअन्तर्गतका संसदीय समितिमा रहने सभापतिहरुको पनि भागबन्डा टुंगो लागेको छ। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच उक्त सहमति भएको हो । सहमतिअनुसार एमालेले राज्यका निर्देशक सिद्धान्त तथा अनुगमन समिति र सार्वजनिक लेखा समि सहित अर्कोको एक विषयगत समितिको सभापति पाउनेछ। यस्तै काङ्ग्रेसले संसदीय सुनुवाइ समितिको सभापति लिने सहमति जुटेको छ । प्रतिनिधि सभामा १० वटा विषयगत समिति रहेका छन् । तीन दलको सिंहदरबारमा बैठकले संवैधानिक परिषदसम्बन्धी विधेयक पनि सिधै संसदबाट पास गर्ने समझदारी गरेको छ।