इच्छाकामनाका ५ वटा गणना हुँदा रविलाई ३१६६ मत, अन्यको कति ?

इच्छाकामना १,२,३,४ र ५ को गणना सकिँदा रास्वपाका रविले ३ हजार १६६ मत प्राप्त गरेका छन् । एमालेका रामप्रसाद न्यौपानेले १ हजार ७१६ मत ल्याएका छन् । यो रविको भन्दा १४५० भन्दा कम मत हो ।

इच्छाकामनाका ५ वटा गणना हुँदा रविलाई ३१६६ मत, अन्यको कति ?
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रतालाई थप बलियो बनाउँदै लगेका छन् । इच्छाकामना १,२,३,४ र ५ को गणना सकिँदा रास्वपाका रविले ३ हजार १६६ मत प्राप्त गरेका छन् । एमालेका रामप्रसाद न्यौपानेले १ हजार ७१६ मत ल्याएका छन् । यो रविको भन्दा १४५० भन्दा कम मत हो । कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले १ हजार २४१ मत ल्याएका छन् ।