फाइल तस्बिर
बारा । बारा क्षेत्र नम्बर–२ मा सर्वदलीय सर्वपक्षीय बैठकको निर्णयानुसार मतगणना शुरु गरिएको छ । आज बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरिएको थियो । झन्डै डेढ घण्टा ढिलो गरी मत गणनास्थल शुरु गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि अशोक चौधरीले जानकारी दिए । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत यहाँ आइतबार मतदान भएको थियो । हिजो रातिदेखि नै मतगणनाको तयारी गरिए पनि वर्षा र हावाहुरीका कारण सम्भव नभएको बताइएको छ । बारा–२ बाट जनमत पार्टीका शिवचन्द्र कुशवाह, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेललगायत उमेदवार प्रतिस्पर्धामा छन् ।बारामा मतगणना शुरु
आज बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरिएको थियो । झन्डै डेढ घण्टा ढिलो गरी मत गणनास्थल शुरु गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि अशोक चौधरीले जानकारी दिए ।

