तनहुँ १ : अन्य उम्मेदवारकाे भन्दा तीन गुणा मतले अगाडी स्वर्णिम वाग्ले

रास्वपा उम्मेदवार वाग्लेले ९ हजार १९८ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द्र भट्टराईले ३ हजार ८०३ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार ४३० मत ल्याएर तेस्रो स्थानमा छन्।

तनहुँ १ : अन्य उम्मेदवारकाे भन्दा तीन गुणा मतले अगाडी स्वर्णिम वाग्ले
काठमाडौं । प्रतिनिधि सभाको उपनिर्वाचन भएको तनहुँ १ मा मतगणना जारी छ । ११ वटा वडाको १६ हजार ३४२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र उम्मेदवार स्वर्णिम वाग्ले प्रतिस्पर्धी उम्मेदवारभन्दा झण्डै ३ गुणा बढी मतले अगाडि छन् । रास्वपा उम्मेदवार वाग्लेले ९ हजार १९८ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द्र भट्टराईले ३ हजार ८०३ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार ४३० मत ल्याएर तेस्रो स्थानमा छन्। तनहुँ १ मा नेपाली कांग्रेसका उम्मेदवार भट्टराई र नेकपा एमालेका उम्मेदवार खनालको मत जोड्दा समेत रास्वपा उम्मेदवार वाग्लेले प्राप्त गरेको मत बढी हुन्छ। कांग्रेस र एमालेका उम्मेदवारले प्राप्त गरेको मत जोड्दा ६ हजार २३३ पुग्छ। जबकि रास्वपा उम्मेदवार वाग्लेले ९ हजार १९८ मत पाएका छन्