बारामा सर्वदलीय बैठक सकियो, ११ बजेदेखि मतगणना शुरु गर्ने

आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । मत गणना शैक्षिक तालिम केन्द्रमा हुनेछ ।

बारामा सर्वदलीय बैठक सकियो, ११ बजेदेखि मतगणना शुरु गर्ने
बारा । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना बिहान ११ बजेदेखि शुरु गर्ने निर्णय भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । मत गणना शैक्षिक तालिम केन्द्रमा हुनेछ । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।