काठमाडौं । नेपाल र साउँदी अरबबीचको खेल आज बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल पहिलो पटक मुलपानीमा खेल्न लागेको हो।
नेपाल र साउदी अरब ११ वर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि सन् २०१२ मा दुई देश भिडेका थिए । जसमा नेपालले साउदी अरबलाई नौ विकेटले पराजित गरेको थियो ।
दुवै देशले खेलका पछिल्ला पाँच खेलमा पनि नेपाल बलियो देखिएको छ। नेपालले पाँचमध्ये चार खेल जितेको छ भने साउदीले पाँचमध्ये तीन खेल जितेको छ।
एसीसी प्रिमियर कपमा पनि नेपाल समूह ‘ए’ को शीर्षस्थानमा छ। नेपालले दुवै खेल जितेर चार अंक बटुलेको छ भने साउदी अरबले एक खेल मात्रै जितेर दुई अंक जोडेको छ।
नेपालले यसअघिका दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएका थिए। पहिलो खेलमा मलेशियालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमनलाई ८४ रनले पराजित गरेको थियो।
आज हुने तेस्रो खेल जितेमा नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ।
आजै त्रिवि क्रिकेट मैदानमा समूह ‘बी’ का हङकङ र बहराइन प्रतिस्पर्धा गर्नेछन्। हङकङ चार अंकसहित शीर्षस्थानमा छ भने बहराइन दुई अंकसहित तेस्रो स्थानमा छ।
सेमिफाइनल : नेपाल र साउँदी अरबबीच खेल हुँदै
नेपाल र साउदी अरब ११ वर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि सन् २०१२ मा दुई देश भिडेका थिए । जसमा नेपालले साउदी अरबलाई नौ विकेटले पराजित गरेको थियो ।

