कीर्तिपुर नगरपालिका- ४ का वडाध्यक्ष अधिकारीको मृत्यु

उनलाई चिकित्सकले आइतबार दिउँसो २ बजेतिर मृत घोषणा गरेका हुन्।

कीर्तिपुर नगरपालिका- ४ का वडाध्यक्ष अधिकारीको मृत्यु
काठमाडाैं । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ। सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन्। उनलाई चिकित्सकले आइतबार दिउँसो २ बजेतिर मृत घोषणा गरेका हुन्। शव पोष्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) लगिएको छ ।