चितवनको नयाँकिरण माविको मतदान रोकियो

रास्वपा सभापति रवि लामिछाने उक्त मतदान स्थलमा पुगेसँगै उनका समर्थकले नाराबाजी गरेका थिए। विपक्षी दलका कार्यकर्ताहरूले मतदान चलिरहेका बेला नाराबाजी गर्न नपाइने बताएपछि विवाद भएको थियो।

चितवनको नयाँकिरण माविको मतदान रोकियो
चितवन । भरतपुर–११ स्थित नयाँकिरण माविको मतदान रोकिएको छ। मतदानस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य दलका कार्यकर्ताहरूबीच विवाद भएपछि मतदान रोकिएको हो। रास्वपा सभापति रवि लामिछाने उक्त मतदान स्थलमा पुगेसँगै उनका समर्थकले नाराबाजी गरेका थिए। विपक्षी दलका कार्यकर्ताहरूले मतदान चलिरहेका बेला नाराबाजी गर्न नपाइने बताएपछि विवाद भएको थियो। साथै रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराको मोबाइलसमेत फुटाइएको छ। उनले त्यसबेला सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गरिरहेका थिए।